• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

परराष्ट्रमन्त्री खड्काको शपथ गैरकानुनी भन्दै बदर गर्न सर्वोच्चमा रिट

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

 

अधिवक्ता विशाल न्यौपानले मन्त्री खड्काको शपथ कुनै पनि कानुनी व्यवस्था र कानुनी स्रोतबिनै भएको भन्दै सर्वोच्चमा रिट हालेका हुन् ।

 

संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन जानु अघि असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

 

परराष्ट्रमन्त्री खड्का विरुद्ध अधिवक्ता विशाल न्यौपानले सर्वोच्चमा रिट हालेका छन् । उक्त रिटको पेशी बुधबारका लागि तोकिएको छ ।

 

त्यस्तै रिट निवेदक न्यौपानेले संविधानबमोजिम कानुन नबनाई शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा नगर्न र नगराउन अन्तरिम आदेश जारीको माग सर्वोच्च समक्ष राखेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार