• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
स्वास्थ्य

थप उपचारका लागि नेता वर्षमान पुनलाई थाइल्याण्ड लगिँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिने भएको छ ।

 

पूर्वमन्त्री समेत रहेका पुन केही समयदेखि  अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए ।​ जण्डिसबाट पीडित  पुनको स्वास्थ्यमा  सुधार नभएपछि थप उपचारका लागि बुधबार बिहान उनलाई बैंकक लैजान लागेको पारिवारिक स्रोतले जनाएको छ ।

 

चार वर्ष पहिले जन्डिसको समस्या गम्भीर बनेपछि उनलाई थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गरिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार