• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

नेप्से ७५ अंकले घट्यो

काठमाडौं । आज सोमवार शेयर बजार ७३ अङ्कले घटेको छ । नेप्से ७३.०५ अंकले घटेर २६८५.४२ अंकमा रोकिएको छ । सोमबार बीमा, फाइनान्स, जलविद्युत्, होटल र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

 

सोमबार दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा जम्मा १३ वटा कम्पनीको शेयर मात्रै बढेर हरियो देखिएको छ । गुडविल फाइनान्स, पोखरा फाइनान्स, नेपाल फाइनान्स, युनाइडेट मर्दी हाइड्रो, कालिका पावर र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ ।

 

आज एक करोड चार लाख ७८ हजार कित्ता शेयर पाँच अर्ब १२ करोड रुपैयाँ कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो १५ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार