• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
खेलकुद

मार्शल आर्टस् खेलाडी सिंह सचिवमा मनोनीत

बीरगञ्ज,राहुल गुप्ता। नेपाल तेक्वान्दो महासंघ (एनटिएफ) ले प्रदेश नं.२ को सचिवमा बीरगञ्ज १८ का प्रमोद सिंहलाई मनोनीत गरेको छ। सचिव सिह लामो समयदेखि नेपाली मार्शल आर्टस् क्षेत्रमा क्रियाशील छन् ।

 

खेलको प्रविधिक व्यवस्थापकीय व्यवसस्थापकिय क्षमता भएका सिंहको महासंघमा आगमनले प्रदेश नं.२ मा तेक्वान्दोको बिकास र विस्तार तीव्र रुपमा हुने अपेक्षा गरिएको महासचिव सदिपचन्द् बखेलले बताए।

 

महासंघमा नेपालमा परम्परागत तेक्वान्दो महासंघ इन्टरनेशनल चाङहोन तेक्वान्दो महासंघ नेपाल आइटिएक नेपाल, नेपाल सड।मोक्वान सघ र साड्रङरोक नेपाल तेक्वान्दो एकेडमी लगायतका तेक्वान्दो संघहरु आबद्ध रहेको महासचिव बखेलले बताए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार