• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

पोखरा महानगरपालिकामा सुरेन्द्रमान बिजुक्छे विजयी

पोखरा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पोखरा महानगरपालिका समितिका लागि शनिबार सम्पन्न निर्वाचनबाट सुरेन्द्रमान बिजुक्छे नगर सभापतिमा निर्वाचित भएका छन्।

 

आज बिहान घोषित मतपरिणाम अनुसार उनले ४१४ मत प्राप्त गरे भने उनका निकटम प्रत्यासी गङ्गाधर पराजुलीले ३४६ मत प्राप्त गरे । सभापतिमा कूल छ जनाको उम्मेदवारी परेकामा खसेका कूल एक हजार ३४४ मतमध्ये रामराज लामिछानेले २०९, मिलन तिवारीले १५३, मोहन बाँस्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गरेका थिए ।

 

बिजुक्छे यसअघि नेपाली कांग्रेस पोखरा महानगरको उपसभापति थिए । यसैगरी उपसभापतिमा ५६९ मत प्राप्त गर्दै प्रयागराज भण्डारी र ४६४ मत प्राप्त गर्दै भवसागर बराल निर्वाचित भएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार