• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

नेप्से परिसूचक ६१ अंकले घट्यो

काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक ६१.२७ अंकले घटेको छ । आज नेप्से २७५८.४८ विन्दुमा रोकिएको छ ।

 

यस्तै सेन्सेटिभ परिसूचक १०.७० अंकले घटेर ५१९.३६ को बिन्दुमा पुगेको छ। आइतबार २३३ कम्पनीका १,४४,९४,२६० कित्ता शेयर किनबेच भएको छ। आज १२ उपसमूहमा गिरावट आएको छ। सबैभन्दा धेरै फाइनान्स उपसमूहमा ५.८९ प्रतिशत गिराटवट आएको छ । 

 

मनकामना लघुवित्तको सेयरमा सकारात्क सर्किट लागेको छ। आज १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर किनबेचमा ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार