• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्कालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्का कोरोनाभइरसबाट सङ्क्रमित भएका छन् । 

 

उनले आफुले शंका लागेर आज परीक्षण गराउदाँ सङ्क्रमण देखिएको समाजिक सञ्जाल ट्वीटर मार्फत जनाएका छन् । 

 

उनले लेखेका छन्, यही असोज ८ गते दिउसो ४ बजेदेखि ज्वोरो आउने, खोकी लाग्ने लगायतका समस्या भएपनि १/२ दिन विचार गर्दा पनि नभएपछि आज परीक्षण गराएको हुँ । 

 

महामन्त्री खड्काले गत ८ गते बेलुकादेखि आफ्नो सम्पर्कमा रहेका सवैलाई सतर्कता अपनाउन अनुरोध पनि गरेका छन् ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार