• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

जीवनको निर्देशनमा नाटक 'अनि देउराली रुन्छ' फेरी मञ्चन हुँदै

काठमाडौं । नाटककार मनबहादुर मुखियाको नाटक 'अनि देउराली रुन्छ' फेरी मञ्चन हुने भएको छ। जीवन बरालले निर्देशन मञ्चन हुन लागेको नाटक मोरङको शब्द थियटरमा मञ्चन हुने लागेको हो । 

 

प्रेम, हाँसो, रोदन, वेदनाको संगम नाटक 'अनि देउराली रुन्छ' एउटा ग्रामीण समाजमा हुर्केका हाम्रो भोगाई हो। मनबहादुर मुखियाले ४५ बर्ष अघि लेखेको नाटक सन् ७० को दशकमा दार्जिलिङको साथसाथै काठमाडौँमा पनि मन्चन गरिएको थियो । त्यतिबेला नाटकले अत्यन्त प्रसंशा बटुलेको थियो । 

 

आर्थिक एवं सामाजिक विभेद, जातीय भेदभाव अनि बसाईसराइको कथा समेटिएको नाटकमा सरोज तिम्सिना, छत्र राईं, सुदीपजंग कार्की, विमला पोखरेल, सदिच्छा अधिकारी, मेनुका कुलुङ राईं, सुमन कुइँकेल, प्रेम खतिवडा, देव गुरुङ, यशोदा श्रेष्ठ,मनोज तिम्सिना, पर्शुराम न्यौपाने, सन्दिप पोखरेल, नवीन गुरुङ, विक्रम बस्नेत, प्रतिमा पोखरेल ललगायतको अभिनय रहने निर्देशक बरालले जानकारी दिए । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार