थप १ हजार ४७६ जनामा कोरोना पुष्टि,१ हजार ५५० जना संक्रमणमुक्त
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८० हजार १५२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५० जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५८ हजार ५०४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस