• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
मनोरञ्जन

गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट

काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले खुम्बु पुगेर इन्गेजमेन्ट गरेकी हुन् । 

 

गायिका जोशीले आफ्नो प्रेमीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ । इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन्। 

 

इन्गेजमेन्ट भएकोबारे उनले सार्वजिनक रूपमा अहिलेसम्म भनेकी छैनन्। उनीहरूको इन्गेजमेन्ट भएको भिडियो भने क्याप्टेन विवेक थापाको टिकटक अकाउन्टमार्फत सार्वजनिक गरिएको छ।

 

क्याप्टेन थापाले एक्स्कुलुसिभ लेखेर भिडियो सार्वजनिक गरेका छन् भने दुवैलाई उज्वल भविष्यको कामना पनि भनेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार