• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

तारकेश्वर नगरपालिका वडा नं ७ को सभापतिमा सानुकाजी खत्री चयन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत काठमाडौं क्षेत्र नं ६ को तारकेश्वर नगरपालिका वडा नं ७ को निर्वाचन सम्पन्न भएको छ । 

 

निर्वाचनबाट सभापति सानुकाजी खत्रीको नेतृत्वमा कार्यसमितीको पदाधिकारी सदस्य तथा १५ जना क्षेत्रीय प्रतिनिधिहरु चयन भएका छन् । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्र्तगत यही असोज ५ गते बिभिन्न जिल्लाहरुमा निर्वाचन सम्पन्न भएको थियो । 

 

नेपाली कांग्रेसको बिद्यान र निर्वाचन सम्बन्धी निर्देशिकाले तोके बिमोजिम निर्वाचन कार्य सम्पन्न भएको निर्वाचन अधिकृतका रुपमा खटिएका अधिवक्ता श्याम ढकालले जानकारी दिए ।   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार