• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

मिस नेपाल युएसको १० औं संस्करणमा १० प्रतियोगी, ​सेप्टेम्बर २५ मा न्यूयोर्कको क्वीन्स थियटरमा हुने

काठमाडौं । मिस नेपाल युएसको १० औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिने मिस नेपाल युएस प्रतियोगिताका लागि १० अन्तिम प्रतिस्पर्धी छनौट भएका छन् । सेप्टेम्बर २५ मा न्यूयोर्कको क्वीन्स थियटरमा हुने प्रतियोगिताबाट मिस नेपाल युएस २०२१ को घोषणा गरिनेछ । 

 

सेप्टेम्बरको पहिलोसातासम्म प्राप्त आवेदनका आधारमा मिस नेपाल युएसका टपटेन प्रतिस्पर्धीहरु छनौट गरिएको हो । महिला शिक्षा र सशक्तिकरणका क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएको मिस नेपाल युएस विसुद्ध सौन्दर्य प्रतियोगितामात्र नभई एउटा सामाजिक अभियानका रुपमा रहदै आएको छ । 

 

सन् २०११ मा न्यूयोर्कबाट सुरु भएको प्रतियोगितामा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज पहिरिएकी थिइन् । आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्नसक्ने साथै नेतृत्व लिन सक्ने युवाहरुको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाह बताउँछन्। 

 

मिस नेपाल युएसले अमेरिककी सरकारबाट ट्रेडमार्क समेत पाइसकेको छ । प्रतियोगिता सुरु गरेको झण्डै १० बर्षपछि मिस नेपाल युएसले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो । 

 

इप्लानेट नेपालको सहकार्यमा सन् २०११ देखि आयोजना हुँदै आएको मिस नेपाल युएस सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जनमुलक श्रेणी ४१ मा मिस नेपाल युएसले ट्रेडमार्क पाएको हो । पहिलोपटक सन् २०११ को जुनमा प्रयोग भएको र अगस्तमा व्यवसायीक रुपमा प्रयोग भएको इतिहाससहित ट्रेडमार्क प्रमाणपत्र प्रदान गरिएको हो । प्रमाणपत्र नम्बर ६४५११७६ रहेको छ । 

 

मिस नेपाल युएस २०२१ का टप टेन प्रतिस्पर्धीहरु : मिस नेपाल युएस २०२१ को टपटेनमा पुग्न सफल हुने प्रतिस्पर्धीहरु अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार