• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि, २ देखि १० रुपियाँसम्म छुट

काठमाडौं ।  सरकारले चाडपर्वलाई लक्षित गर्दै  आजबाट सुुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

 

 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा साल्ट ट्रेडिङ कर्पोरेसन, दुुग्ध विकास संस्थान (डीडीसी)ले दशैँ, तिहार, छठजस्ता चाडपर्वमा खाद्य वस्तुमा दुईदेखि १० रुपियाँसम्म छुटमा बिक्री गर्ने भएको छ ।

 

वाणिज्य मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वमा सुपथ पसलमार्फत चिनी, नुन, चामल, गेडागुडी र खसीबोकामा उपभोक्तालाई छुट दिइने जानकारी दिएका छन ।

 

यसैबीच दशैँलाई लक्षित गरेर खाद्य कम्पनीले एक हजार च्याङ्ग्रा र दुुई हजार खसीबोका गरी तीन हजार खरिद गर्ने प्रक्रिया सुुरु गरेको जनाएको छ । कम्पनीले चामल, चिउरा, दाल, आँटा, गेडागुडीमा प्रतिकेजी पाँच रुपियाँ र जिउँदो खसीबोका प्रतिकेजी र भटमासको तेलमा प्रतिलिटरमा १० रुपियाँ छुुट दिनेछ ।

 

खाद्य कम्पनीले उपत्यका चार स्थान र उपत्यकाबाहिर ३९ गरी ४३ स्थानमा सुुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार