• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

बैंकको व्याजदर वृद्धिसँगै सेयर बजारमा गिरावट

काठमाडौं । बैंकहरूले व्याजदर वृद्धि गरेसँगै त्यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ । बैंकहरूले १ असोजबाट लागु हुने गरी निक्षेपको व्याजदर बढाएसँगै कर्जा महँगो हुने अनुमानबीच सेयर बजार प्रभावित भएको हो ।


राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा निर्धारण गरेसँगै ओरालो लाग्न थालेको बजार यो साता करिब ६३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक आइतबार २८७५.९८ अंकमा रहेकोमा बिहीबार २८१२.३८ अंकमा झरेर यो साताको कारोबार बन्द भएको छ । यो साता आइतबार नेप्से ७१ अंकले बढे पनि मंगलबार, बुधबार र बिहीबार भने लगातार घट्यो । मंगलबार १८, बुधबार ४० अंकले घटेको नेप्से बिहीबार एकैदिन ७६ अंकले घटेको छ ।


बिहीबार अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले व्याजदर वृद्धि गरेको सूचना प्रकाशित गरेसँगै बजार प्रभावित बनेको हो । बिहीबार नेप्सेसँगै समूहगत परिसूचकहरू पनि ओरालो लागेका छन् । सबैभन्दा बढी फाइनान्स समूह ४.९४ प्रतिशतले घटेको छ ।


बजार घटे पनि बुधबारको तुलनामा बिहीबार कारोबार रकममा भने केही सुधार देखिएको छ । बिहीबार २२९ कम्पनीका एक करोड ६४ लाख कित्ता सेयर किनबेच हुँदा नौ अर्ब बराबरको कारोबार भएको छ भने बजार पुँजीकरण ३९ अर्ब ३५ करोडमा झरेको छ ।


बजारमा उतारचढाव आइरहेका बेला केही लगानीकर्ताले भने सेयर धितो कर्जाको सीमा खारेजीलगायतका माग राख्दै आन्दोलन गरिरहेका छन् ।

बैंकहरूले निक्षेपमा व्याज बढाए


निक्षेप संकलनको तुलनामा कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरूले निक्षेपको व्याजदर वृद्धि गर्न थालेका छन् । बजारमा लगानीयोग्य रकमको अभाव हुन थालेसँगै निक्षेप तान्नका लागि व्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले शुक्रबारदेखि लागू हुनेगरी साधारण तथा मुद्दति निक्षेपको व्याजदर वृद्धि गरेको सूचना प्रकाशित गरेका छन् ।

 

बैंकहरूले मुद्दति निक्षेपको व्याजदर औसतमा नौ प्रतिशत र साधारण बचतको व्याजदर ४ प्रतिशतमा पु¥याएका छन् ।प्रकाशित व्याजदरअनुसार सबैभन्दा बढी सनराइज बैंकले एक वर्षे मुद्दति निक्षेपमा १०.०७ प्रतिशत व्याजदर निर्धारण गरेको छ । यसैगरी प्राइम बैंकको ९.७६, एनएमबिको ९.५२, सानिमाको ९.५१ प्रतिशत रहेको छ ।कारोबार 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार