• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
प्रविधी

स्मार्टले ल्यायो नेपाल मै पहिलो पटक ‘ग्रेटेस्ट जिबी प्लान’

काठमाडौं । स्मार्ट टेलिकमले नेपालमा टेलिकम जगत मै पहिलोपटक ‘अब जमाना जिबीको’ भन्ने नारा सहित ‘बाई बाई एमबी’ क्याम्पेन अन्तर्गत ‘ग्रेटेस्ट जिबी प्लान’ प्रस्तुत गरेको छ ।

 

स्मार्ट टेलिकमले बढ्दो डाटा प्रयोगकर्ताहरुलाई मध्येनजर गर्दै सजिलै प्रयोग गर्न सकिने ‘ग्रेटेस्ट जिबी प्लान’ अन्तर्गत आकर्षक ३५ रुपैयाँमा १ जिबी डेलि डाटा तथा ९० जिबी १५०० रुपैयाँमा ९० दिनका लागि निःशर्त रुपमा फेसबुक, इन्स्टाग्राम, टिकटक, गेमिब लगायत सबै डिजिटल प्लाटफर्ममा प्रयोग गर्न सकिनेगरी ल्याएको हो ।

 

अझ कम र सहज मूल्यमा ‘ग्रेटेस्ट जिबी प्लान’मा ७ वटा फरक फरक डाटा प्लान रहेको छ । प्रयोगकर्ताहरुले स्मार्ट जिबी प्लान दैनिक प्रयोग, गेमिङ, वर्क फ्रम होम, मुभिहरु हेर्न सजिलै प्रयोग गर्न सक्दछन् ।

 

स्मार्ट टेलिकमले डाटा प्रयोगकर्ताहरुलाइ ‘ग्रेटेस्ट जिबी प्लान’ले सहजै जहाँ सुकै डाटा चलाउन, सधै इन्टरनेटमा जोडिन टेवा पुर्याउने  विश्वास लिएको छ ।

 

डाटा खरिद गर्न स्माार्ट ग्राहकहरुले *141*8*1*1# डायल गर्नुपर्नेछ । ग्राहकहरुले थप जानकारीको लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सक्नेछन् वा स्मार्ट टेलिकमको आधिकारिक फेसबुक पेज Facebook/SmartCellNepal वा www.smarttel.com.np मा लग इन गर्न सक्नेछन्

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार