• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
राजनीति

घरमा आगो लगाएर खरानी धसेका मान्छेलाई म केहि भन्न सक्दिन : ओली

काठमाडौ ।  प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  यो सरकारले सामान्य लोकतन्त्रको मूल्य मान्यता  पनि अनुशरण नगरेको टिप्पणी गरेका छन ।

 

बिहीबार काठमाडौं जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले आम कार्यकर्ताले प्रश्न सोध्न समेत नपाउने वातावरण बनाएको भन्दै कडा शब्दमा आलोचना गरेका छन ।

 

'टुक्राटाक्री जोडेर बनेको सरकारले बोल्न पनि बन्देज लगाउने । सरकार सचेत रहोस म चेतावनी दिन चाहन्छु । लोकतन्त्र भनेको आचरण हो।' घण्टाघर पूर्ननिमार्णको प्रसंग जोडदै उनले भने,'घण्टाघर किन भत्काउन हतार हो । यिनीहरुले घण्टाघर बनाउदैन्न । चुनौती दिएर भन्छु बनाउन नसक्नेले किन भत्काउने ?'

 

उनले सरकारलाई प्रश्न  गरे ५ लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ? सरकारले आफ्ना कार्यकर्तालाई पैसा बाडेको बताउदै उनले भने 'दशै खर्च चाहियो भन्नेलाई दश हजार बाडने अरे यसरी गरिबी हट्छ । रोजगारी श्रृजना गर्न कार्यक्रम छैन ।' 

 

सम्बोधन गर्दै  उनले माधव नेपाल र प्रचण्डको कटाक्ष गर्दै भने 'माधव नेपाल घरमा आगो लगाएर खरानी धसेका मान्छेलाई म केहि भन्न सक्दिन । माधव नेपालसंग दुई चार जना गएका होलान । पुराना नेताहरु देशभरबाट हामी संगै हुनुहुन्छ । प्रचण्ड जी का केहि देखाउने मान्छे हुनुहुन्छ ।' ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक रुपमा विलय हुने दिशातर्फ गएको टिप्पणी गरेका छन्। 

 

आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई ८ मन्त्रालय दिएको  बताउदै अहिले प्रचण्ड र माधव नेपालले केही दिन नसक्ने बताए । सरकारमा मन्त्री दिन्छु भनेकोमा दुई महिनासम्म केही दिन नसकेको ओलीले टिप्पणी गरे ।

 

ओलीले कार्यकर्तालाई हौस्याउदैं  भने 'गरिवी, बेरोजगारीबाट मुक्त बनाउने अभियानमा लागौ  । पार्टी नै फूटाउन लागेपछि मैले  बोल्नु नै पर्यो। आफ्नो डम्मरु माथी खतरा भयो भने बघिनी आक्रमणमा उर्तिन्छे  । मैले पनि पार्टी माथी आर्कमण भए पछि केहि त गर्नुपर्ने भयो । हाम्रो पार्टी बिचारमा केन्द्रत हुनुपर्छ । बिचारबाट निर्दशित छौं हामी । आजको नेकपा एमाले सचेत कार्यकर्ताले बचाएको पार्टी हो । जनताको बहुदलिए जनवाद हामी संग छ । नेकपाले अनुशासनमा बसेर आफ्ना अभियान अघि लैजान्छ ।'
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार