• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
अर्थ

गरिमा विकास बैंकका ग्राहकलाई बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’मा २३ प्रतिशतसम्म छुट

काठमाडौं । पर्यटकिय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’सँग गरिमा विकास बैंकले विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धी सम्झौता गरेको छ ।

 

 बैंकले जारी गरेको  विज्ञप्ती अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३  प्रतिशत  र फुड एण्ड वेभरेजमा १४  प्रतिशतसम्म  छुट पाउन सक्ने छन ।


 
साथै, ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५  प्रतिशत छुट सम्बन्धि सम्झौता गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार