• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

कार्यकर्ता बिग्रिएका होइनन गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति बिग्रिएको रहेछ : अध्यक्ष ‘प्रचण्ड’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने  संकेत गरेका छन ।

 

पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रिएको समेत  स्वीकार गरेका छन ।

 

‘क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको उनले बताए ।  लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन्’ उनले भने, ‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’

 

उनले  क्रान्तिकारी विरासत भएको माओवादी आन्दोलन र नेतृत्वले बाटो बिराएको पनि स्वीकारेका छन । सम्बोधनको क्रममा उनले दिवंगत नेता बोगटीलाई पटकपटक स्मरण गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार