• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
शिक्षा

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारको खाँचो छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा  ध्यान केन्द्रित गर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।

 

 ललितपुरस्थित नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा आज उनले विद्यालयको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ ध्यान जानुपर्नेमा जोड दिएका छन ।

 

देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै यसका लागि भविष्यमा थप कार्यक्रम कार्यान्वयन गर्ने बताए । 

 


कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुुसालले भूकम्पबाट मुलुकमा ठूलो जनधनको क्षति पुगेसँगै पुराना जीर्ण बनेका विद्यालयको पुनर्निर्माण गर्ने अवसर प्राप्त भएको बताईन ।

 

 यस्तै कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले क्षति पु¥याएका भौतिक संरचनाको पुनर्निर्माणमा भएका प्रगतिबारे जानकारी दिएका थिए ।

 

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारको खाँचो औल्याउँदै निर्माण र पुनर्निर्माण भएका विद्यालयको मर्मतसम्भार गर्न सबै संग आग्रह गरेका छन  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार