• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

प्रचण्ड राम्रो सम्धी, ससुरा, ज्वाइँ, बाबु, काका भएपनि बेइमान नेता हुन् : केपी ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धोकेबाज नेता भएको आरोप लगाएका छन् । 

 

मंगलबार गृह जिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बाधेन गर्दै ओलीले प्रचण्डको पछाडि लागेर राजनीतिक जीवन अन्त्य नगर्न माओवादीका नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

 

ओलीले भने,‘प्रचण्डको पछि लागेर जिन्दगी बर्बाद नगर्न म माओवादी केन्द्रमा अहिलेसम्म अलमलमा पर्नुभएका साथीहरूलाई सहज हुन आग्रह गर्न चाहन्छु, देश बनाउन कसैका छोरी, ज्वाइँ, ससुराका लागि बलिदान नहुनुस् ।,’ एमाले अध्यक्ष ओलीले पार्टीबाट छुट्टिएर गएका माधवकुमार नेपालको पार्टीले चुनावमा पालिकाको वडा सदस्यसमेत नजित्ने ठोकुवा गरे।

 

उनले प्रचण्ड सबै हिसाबले राम्रो भए पनि धोकेबाज नेता भएको ओलीले आरोप लगाए । ‘प्रचण्ड राम्रो सम्धी, राम्रो ससुरा, राम्रो ज्वाइँ, राम्रो बाबु, राम्रो काका भए पनि बेइमान नेता हुन्। सबै हिसाबले राम्रो हुनुहुन्छ। एउटा मात्र खराबी छ त्यो हो छट्टु नेता,धोकेबाज नेता,’ अध्यक्ष ओलीले भने, ‘प्रचण्ड जीले कुनै एउटा कार्यक्रममा सही कुरा मुखबाट प्वाक्क निकाल्नुभएछ । हामीले त वडामा पनि जित्न हम्मेहम्मे पर्ला जस्तो हुन्छ पो भन्नुभएछ । उहाँले चुनावअघि नै राम्ररी कुरा बुझेको देखेर मलाई खुसी लाग्यो ।’

 

यस्तै अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरोध गरिएको पनि बताए। आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा देशले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उनको भनाइ थियो ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार