पछिल्लो २४ घण्टामा थप १५६२ जनामा कोरोना पुष्टि, १९ को मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५८९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो संगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४१३ जना पुगेको छ ।
यस्तै हालसम्म कोरोनाबाट १० हजार ९८४ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा १९ जनाले ज्यान गुमाएको मन्त्रालयले उल्लेख गरेको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस