• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

गुडिरहेको बसमाथि ढुङ्गा खस्दा एकको मृत्यु ३ जना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा गुँडिरहेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा बसमा सवार १ जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा बझाङ थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपाली रहेका छन्  भने तीन जना घाइते भएका छन्। उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक नजिक  बिहान २ः३० बजेतिर कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०२००१ ख ११५६ नं को बसमा  ढुङ्गा लागेको हो ।

 

अर्जुनको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता  दर्शन खड्काले जानकारी दिए। घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार