• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

विनियोजन विधेयक पारित,अर्को बैठक असोज ४ गते

काठमाडौं । प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को  विरोधबीच विनियोजन विधेयक–२०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । 

 

बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले नाराबाजी र विरोध गरेका थिए तर सभामुख अग्नि सापकोटाले विनियोजन विधेयकमाथि छलफलको प्रस्ताव निर्णयार्थ पेस गरेका थिए । ‘बहुमतको आधारमा विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पारित भएको हो ।

 

मंगलबारको बैठकमा पनि यसअघिजस्तै एमाले सांसदहरुले नाराबाजी गरेका थिए । तर, नाराबाजीकै बीच अर्थमन्त्री शर्माले पेश गरेको विधेयक प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ । मंगलबार प्रस्ताव पारित गरेपछि संसद् बैठक असोज ४ गतेसम्मको लागि स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार