• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

अमेरिकामाथि नेपालको सानदार जित,आज ओमानविरुद्ध खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकामाथि सानदार जित हात पारेको छ । 

 

सोमबार ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो। अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो।

 

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक हो ।

 

त्यस्तै विनोद भण्डारीले ४८ बलमा २ चौका र १ छक्कासहित ३७ रन जोेडे । आसिफ शेखले २३ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ले १७ रनको योगदान गरे। बलिङतर्फ अमेरिकाका लागि निसागर पटेल र नाठुस कन्जिगेले समान दुई–दुई विकेट लिए । त्यस्तै सौरव नटराभल्कर एक विकेट लिए ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो। अमेरिकाका लागि मोनान्क पटेलले १०० रनको शतकीय इनिङ्स खेले । यस्तै  निसर्ग पटेलले २१ रन जोड्दा करिमा गोरेले १६ रन जोडे ।

 

संजय कृष्णमुर्थी  र नोस्तुश केन्जिगेले समान १३/१३ रन जोडे भने जसकरण मल्होत्राले ११ रन बनाए । अभिषेक पराद्करले अविजित १३ र सौरभ नेत्रभाल्कर ६ रनमा अविजित रहे। नेपालका सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले २/२ विकेट लिए । कुशल मल्लको नाममा १ विकेट रह्यो ।

 

यस्तै आज दोस्रो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ। नेपाल र ओमानबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जितको लक्ष्यमा हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार