• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

फलामे डण्डीमा बढाईएको कर फिर्ता गर्न उद्योगीले गरे आग्रह

 काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरनको आयातमा छुटमाथि छुटको व्यवस्था गरेपछि डण्डी उद्योगीले त्यसको विरोध गरेका छन् ।

 

स्टील उद्योगीहरुले सरकारले स्टिल बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’ को आयातमा लाग्दै आएको भन्सार महशुल शुन्य गर्ने र आयातित बिलेटमा लाग्ने अन्तःशुल्कसमेत बढाउने निर्णय गरेको भन्दै तत्काल फिर्ता गर्न आग्रह गरेका छन् ।

 

अर्थमन्त्री जनादर्न शर्माले चालु आर्थिक वर्षको संशोधित बजेटमार्फट फलामजन्य सामग्रीको कर बढाएको भन्दै नेपाल स्टील रोलिगं मिल्स एशोसिएसनले सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ योजना खारेजीको माग गरेका हुन ।

 

एशोसिएसनका संस्थापक अध्यक्ष एवंम पन्चकन्य स्टील उद्योगका एमडी प्रदीपकुमार श्रेष्ठले सरकारले सम्बन्धित पक्षसँग छलफल नै नगरी गरेको नीतिगत परिवर्तनले उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

 

‘२४ उद्योगीलाई वेवास्ता गर्दै ६ वटा उद्योगीको पक्षमा सरकारले नीति ल्याएको छ । बजारमा २५ प्रतिशत मात्र हिस्सा भएको उद्योगको पक्षमा सरकारले निर्णय गर्दा हामी व्यवसायी सगैँ उपभोक्ताले समेत गुणस्तरीय फलामे छड पाउनबाट बन्चीत हुनुपर्नेछ’, उनले भने ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार