थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु
काठमाडौंं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा १२६० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये हालसम्म ७ लाख ४० हजार ७१७ संक्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ भने ज्यान गुमाउनेको कुल संख्या १० हजार ९६५ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस