• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

सेञ्चुरी बैंकको नयाँ बचत खाता 'Century Remit Premium Account'

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘Century Remit Premium Account' को शुभारम्भ गरेको छ। 

 

रु.१,०००/ न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५०% को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ। यस खातामा अन्य बचत खातामा भन्दा १% बढि ब्याज भुक्तानीका साथ साथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निःशुल्क उपलब्ध गरिएको छ । उक्त खाता मालकर सेवा, ATM र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ। 

 

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्चब्याजदर प्राप्त गर्न इच्छुक ग्राहक वर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खातॉ ‘Century Remit Premium Account’ खोल्ने सुबिधा लिन सक्नेछन् । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनु पर्नेछ। 

 

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखा रहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार