• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी रोकिएको छ। 

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको हो। एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो। 

 

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले हराएको थियो। खेलमा नेपालकी गीता राना ‘मोस्ट भ्यालुएबल’ खेलाडी घोषित भइन्। एएफसी महिला एसियन कप-२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ। छनोटमा नेपाल समूह ुएफु मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार