• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

काबुल छाड्नु मेरो सबैभन्दा ठूलो गल्ती : अशरफ घानी

काठमाडौं । अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ घानीले अफगानिस्तानका जनतासँग माफी मागेका छन् । 

 

अफगानिस्तानबाट भागेर संयुक्त अरब इमिरेट्समा शरण लिएका घानीले काबुल छोड्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती भएको भन्दै भाग्नुको विकल्प नभएको बताएका हुन् । उनले आफ्नो जनतालाई त्याग्न नचाहेको तर यसको विकल्प पनि नभएको बताएका छन् । 

 

उनले ट्विटरमा भनेका छन्  “व्यापक हिंसाबाट बच्नको लागी देश छोड्नुको विकल्प छैन् ।” साथै उनले अफगानिस्तानलाई “लोकतान्त्रिक, समृद्ध र सार्वभौम राज्य” बन्न मद्दत गर्न २० बर्ष समर्पित गरेको पनि बताएका छन्।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार