• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

किशोरीले एक महिना फिल्म पढे, दुई हप्तामा फिल्म बनाए

काठमाडौं । एक महिना सिकाइ अनि दुई हप्तामा फिल्म । क्यामरा र फिल्म मेकिङ सँग परिचित नभएका किशोरीले छोटो समयमै फिल्म बनाएर देखाउलान् भन्ने पत्याउनगाह्रै पर्छ । तर, किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको ‘गल्र्स गेट इक्वेल’अभियानअन्तर्गत रहेर गरेकोे फिल्म मेकिङ कार्यशालामा भागलिएका १० किशोरीले एक महिना सिकेकै भरमा उम्दा फिल्म बनाएर देखाए ।

 

एक महिना सिकेका उनीहरूले बाँकी दुई हप्तामा तयार गरेका फिल्म नै देखाए । शुक्रबार नेपाल चलचित्र विकास बोर्डको हलमा उनीहरूले बनाएका फिल्म हेर्दा सिकारु हैन अनुभवी फिल्म मेकिङको झलक देख्न सकिन्थ्यो । 


शुक्रबार १० जना किशोरीले एक महिने फिल्म मेकिङ कार्यशाला अन्तर्गत बनाएका ५ फिल्मको प्रदर्शन गरिएको थियो । ‘वुमनमेक फिल्मस्’ शीर्षकमा गरिएको यो तालिमलाई अस्कर इन्टरनेसनल कलेज र चलचित्र विकासबोर्डले पनि सघाएका थिए । ५ फिल्मकोे लम्बाई औसतमा ५ मिनेट थियो ।


नेपाली फिल्महरूमा महिलाको चरित्र चित्रण अस्वभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको छ । महिला सम्बन्धि थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र फिल्म निर्माणमा महिलाको संख्या बढाउने उद्देश्यले कार्यशाला गरेको आयोजक किपालयको धारणा थियो । 

 

किपालयकी प्रोजेक्ट हेड आश्मा पोखरेलले कार्यशालाकालागि देशभरबाट आवेदन मागिएको  यसरी आएका आवेदनबाट १० जनालाई छनोट गरी कार्यशालामा सहभागी गराइएको जानकारी गराइन् ।  सुरुमा कार्यशाला भौतिक रुपमै काठमाडौ र चित्लाङ गरी दुई ठाउँमा गर्ने योजना रहे पनि महामारीको दोस्रो लहर आए सँगै कार्यशालामा भर्चुअल रुपमा सम्पन्न गरिएको थियो ।   


कार्यशालाका प्रोजेक्ट कोअर्डिनेटर नवविजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिको प्रयोग गरी किशोरीलाई फिल्म मेकिङमा दीक्षित गर्ने प्रयास गरेको जनाए  ।

 

‘एक महिनालामो तालिममा १८ देखि २४ वर्षसम्मका किशोरीले नेपाली समाजको बनावटमाथि रचनात्मक प्रश्न गर्ने शिल्प सिके । यी पाँच चलचित्रको प्रदर्शनले यो महिला चलचित्रकर्मीलाई आफ्नो क्षमता देखाउन राम्रो मञ्ंच प्रदान गर्नुका साथै आत्मविश्वासी बनाएको महसुस गरेका छौँ,’ नवविजयले भने ।

 

यसैगरी प्लान नेपालकी अभियान विशेषज्ञ सृजना बज्रचार्यले छोटो समयमै किशोरीहरूले उत्कृष्ट फिल्म बनाउन सफल भएकोमा खुशी लागेको बताइन् ।

‘यति छोटो तालिमको भरमा यति राम्राबन्लान् भन्ने सोचेको थिइँन तर उनीहरूले उत्कृष्ट फिल्म बनाएका छन्,’ उनको भनाइथियो ।  


एक महिने कार्यशाला साउन ३ देखि भदौ ३ सम्म चलेको थियो । कार्यशालामा आश्रुती त्रिपाठी, प्राधान्या योञ्जन, एन्जला चौधरी, पुष्पा जोशी, पूर्णिमा महर्जन, अम्बिका भण्डारी, अस्मिता लावती, श्रीषाकुँवर, मीरा खड्का र ज्योति बेलबासे सहभागी भएका थिए । १० जनाले ५ समूहमा विभक्तभई बनाएका फिल्ममा उनीहरूले ५ फरक महिलाको जिन्दगीलाई फिल्ममा समावेश गरेका थिए । यसरी बनेका सबै फिल्म डकुमेन्ट्री हुन् । 

यौनकर्मीको कथामा फिल्म बनाएकी पुष्पा जोशीले कार्यशालाले आफूलाई फिल्म बनाउने कलामात्र नसिकाएर महिलाका मुद्दालाई लेन्सको आँखाले कसरी हेर्न सकिन्छ भन्ने पनि ज्ञान दिएको बताइन् । 

 


उनले भनिन्, ‘ यो तालिमले मलाई चलचित्र निर्माण सम्बन्धी प्रविधिक ज्ञान त दियो नै साथै महिलालाई बुझ्ने र यसलाई प्रविधिका माध्यमबाट अभिव्यक्त गर्ने कौशल सिकाएको छ । भविष्यमा म अझै धेरै डकुमेन्ट्री चलचित्र बनाउने छु फिल्ममा पितृसत्ताको वर्चस्वलाई थोरै भए पनि चुनौती दिने प्रयास गर्नेछु ।’दुलालल १ महिने कार्यशालामा उनीहरूलाई राजन कठेत, रजिला श्रेष्ठ, बबिन गायतले प्रशिक्षण दिएका थिए । 

 


किशोरीलाई प्रशिक्षण दिएका राजन कठेतले कार्यशालाले फिल्म बनाउने सिपसँगै किशोरीमा समाजसँग घुलमिल हुने गुणको पनि विकास गराएको धारणा राखे । 


‘ यति छोटो समयावधिमा यी दश चलचित्रकर्मीले डकुमेन्ट्री फिल्म बनाउन चाहिने आधारभुत ज्ञान त पाए नै, यसैका साथै  चलचित्रकर्मीले अपरिचित व्यक्तिमाझ आफूलाई कसरी पस्किने र उनीहरूको जीवनबारे चलचित्र निर्माण गर्ने ज्ञान पनिहासिल गरे,’ उनको धारणा थियो । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार