• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

१८ वर्षीया एम्मा राडुकानुलाई युएस ओपन उपाधि

काठमाडौं । बेलायतकी एम्मा राडुकानुले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।

 

आइतबार बिहान भएको फाइनलमा १८ वर्षीय राडुकानुले क्यानडाकी अर्की किशोरी लेइला फर्नान्डेजलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन्। उपाधिसँगै राडुकानुले १८ लाख अमेरिकी डलर पुरस्कार पाएकी छिन् भने अब उनी विश्वकी २३औँ वरियताकी र ब्रिटेनकी पहिलो वरियताकी टेनिस खेलाडी हुनेछिन्।

 

यो उपलब्धि अविश्वसनीय भएको बताउँदै इमा राडुकानुले यो उपलब्धि १९७७ मा विम्बल्डन विजेता भर्जिनिया वेड प्रति समर्पित गरिन् । त्यसयता बेलायतका कुनै पनि महिला खेलाडीले ग्रान्ड स्लामको उपाधि जितेका थिएनन् । उनी ग्रान्ड स्लाम इतिहासमा क्वालिफायर चरणबाट आएर उपाधि जित्ने पहिलो खेलाडी समेत बनिन् ।

 

विजयपछि ब्रिटिश महारानीले राडुकानुलाई बधाई दिएकी छन्। 'तपाईँको सफलतामा म तपाईँलाई बधाई दिन्छु,' महारानीले भनेकी छन्। युवा उमेरको यो असाधारण सफलता हो र तपाईँको कडा मिहेनत र समर्पणको प्रमाण हो।

 

'तपाईँको र तपाईँको प्रतिद्वन्द्वी लेला फर्नान्डेजको उल्लेखनीय प्रदर्शनले आउँदो पुस्ताको टेनिस खेलाडीलाई प्रोत्साहित गर्ने कुरामा मलाई शङ्का छैन।' ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले पनि ट्वीट गर्दै बधाई दिएका छन्।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार