• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको निधन

काठमाडौं । पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको निधन भएको छ। दर्शनशास्त्रका पूर्वप्राध्यापक समेत रहेका गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको हो। उनलाई गोञ्जालो नामले चिनिन्छ ।

 

सन् १९९२ देखि आतङ्कवाद र देशद्रोहको अभियोगमा उनी आजीवन कारावास भोगिरहेका थिए। उनी पेरुको क्रान्तिकारी समूह साइनिङ्ग पाथका नेता तथा संस्थापक हुन। गुजम्यान पक्राउ परेपछि साइनिङ्ग पाथलाई गम्भीर धक्का लागेको थियो । तर अझै पनि त्यस समूहका केही सदस्यहरु सक्रिय छन् ।

 

गुजम्यान पेरुको दक्षिणी तटीय क्षेत्रमा रहेको मोलेन्दो बजार नजिकै सन् १९३४ को डिसेम्बरमा जन्मिएका थिए। दार्शनिक नेता मानिने गुजम्यान विश्वभरका कम्युनिस्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिन्छन् । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार