• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । आज आइतबार नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ। एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

 

बिहीबार भएको पहिलो खेलमा नेपालले २-१ को जित निकालेको थियो । नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरेकी थिइन् । बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् ।

 

एएफसी महिला एसियन कप-२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ। छनोटमा नेपाल समूह 'एफ' मा रहेको छ भने नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार