• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
देश/प्रदेश

भीमबहादुर तामाङ र देवी न्यौपानेको सपना म पुरा गर्छु : रामकुमार नेपाली सुन्दास

काठमाडौं। देशभर अहिले  नेपाली कांग्रेसको महाधिवेशनको चटारो छ। भाद्र १८ गतेबाट वडा अधिवेशन  सुरु भैसकेको  छ। केही जिल्लाहरुमा  क्रियाशील विवाद  भएको  कारण अझै वडा अधिवेशन सुरु हुन सकेको छैन।

 

दोलखा जिल्लाको सैलुङ ५ मा जन्मेका नेपाली कांग्रेसका युवा नेता  रामकुमार नेपाली सुन्दास अहिले सम्पुर्ण  क्षेत्रीय  प्रतिनिधिहरुसँगको भेटघाटमा व्यस्त छन् । 

 

युवा नेता सुन्दास नेपाल  ल क्याम्पसको उपाध्याक्ष र नेपाली  कांग्रेस भातृ संगठन नेबिसंघको  केन्द्रिय सदस्य समेत भईसकेका छन्। जन-आन्दोलन २०६२/६३ मा अफ्नो ज्यानको प्रवाह नगरी आन्दोलनमा लागेका सुन्दास विभिन्न समयमा पुलिसको पकडमा समेत परेका थिए। जन-आन्दोलन कै बेला केही समय सख्त घाइते भई अस्पतलमा समेत बसेका सुन्दास आफू यसपटकको महधिवेशनमा प्रतिनिधि भएर केन्द्रमा जाने कुरामा ढुक्क छन् । 

 

दोलखा जिल्लाका नेता भीमबहादुर तामाङ र देवी न्यौपानेका अनुयायी सुन्दासले उनीहरुको सपना पुरा गर्न आफु यसपटकको महाधिवेशनमा प्रतिनिधिबाट आउन खोजेको बताए । र, आफनो जीतमा उनी ढुक्क रहेको जानकारी दिए। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार