• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

कविता : राजनीति

तीन खेलहरू
तीन खेलाडीहरू
प्रत्येकले आफ्नो खेलमात्र खेलिरहेका छन्
अर्कालाई परास्त गर्न
एउटालाई अर्काको विरुद्ध प्रयोग गरेर
पराइको आशीर्वाद लिन
प्रतिस्पर्धा गरेर।

 

प्रत्येक ती खेलाडीहरू
पावरको ककपिटमा
आफैं मात्र बस्न चाहन्छन्
राजनीतिको दाउमा
जनताको नाउँमा।

 

ख्याउटे भएको जनता
आफ्नै मुलुकमा बहादुर हुँदै छन्
काठमाडौँको रिङरोडभित्र
साँघुरिएको यो मुलुक
क्षीण हुँदै गएको छ
आन्तरिक तागत सकिएर।

 

त्यसैले त टन्न मोटाएका छन्
विदेशी साहुहरू
र, स्वदेशी आसेपासेहरू
गरीबी निवारणको व्यापार गरेर
प्रजातन्त्रको पसलमा
हिंसाको खरिद बिक्री गरेर।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार