• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

बुवाकै पथमा सागर

सागर मानन्धर

०००

 

सागर मानन्धरको कला यात्राको सुरुवात उनकै घरको आँगनबाट भएको हो। कलामय वातावरणमा हुर्केका उनले सानै उमेरदेखि कलाको स्वाद पाए ।
  

बुबा पनि कलाकार नै भएको हुनाले सागरलाई यो रंगीन मायाजालमा डुब्न खासै गाह्रो भएन। उनको कलाको यात्रा स्टरइन फाइन आर्ट्स हुँदै बनारस हिन्दु विश्वविद्यालय अध्ययन पछि झन सशक्त रुपमा अगाडी बढ्यो । उनको कलामा प्रकृतिका कोणहरु, प्रकृतिमा हुने परिवर्तन र आवासहरु देख्न सकिन्छ।

 

 

खेत र खेतमा हुने विभिन्न क्रियाकलापहरुका प्रेरणा स्वरुप खेतका कथाहरुको सिर्जना उनको कलामा देखिन्छ। खेतमा हुने परिवर्तनहरु, किसानका मेहनती हातहरु, मौसम परिवर्तनका रंगहरु र प्रतिबिम्बहरुको  मिश्रण उनको कला सिर्जनामा देख्न सकिन्छ। 

 

नयाँनयाँ स्वादमा रमाउनु सागरको बिशेषता हो र अरु माध्यमहरुमा पनि काम गर्ने सोचले आफु अघि बढिरहेको उनी बताउँछन्। उनको प्राय कामहरुमा अमूर्तताको झल्को देख्न सकिन्छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार