• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

पशुपतिनाथ मन्दिर आजदेखि खुला

काठमाडौं ।  कोरोना सङ्क्रमणका कारण बन्द भएको पशुपतिनाथ मन्दिर शुक्रबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । बिहान ६ः०० बजेदेखि मन्दिर साबिकअनुसार खुला हुन्छ । वैशाखदेखि सङ्क्रमणका कारण मन्दिर बन्द थियो ।


सर्वसाधारण भक्तजनको व्यग्र प्रतीक्षामा रहेको यो मन्दिरमा अत्यधिक भीड हुन सक्ने अनुमान गर्दै पशुपति क्षेत्र विकास कोषले आवश्यक सुरक्षा प्रबन्ध पनि मिलाएको छ ।

 

पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार मन्दिर परिसरमा रहेका पिण्डेश्वर, सन्तानेश्वर, सन्तापहरेश्वर, ज्वरेश्वर, नीलकण्ठलगायत सबै देवस्थलमा भक्तजनलाई पङ्क्तिवद्व भएर रहने व्यवस्थाका लागि कर्मचारी खटिएका छन् ।


पशुपतिनाथ अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार पशुपतिनाथ र गुह्येश्वरीमा पनि आवश्यक व्यवस्थापन गरिएको छ । भदौ २६ को ऋषि पञ्चमीमा पशुपतिनाथको दर्शन हुन सकोस् भन्ने चाहना पशुपति क्षेत्र विकास कोषको रहेको छ । गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार