• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

झापाका रंगकर्मी प्रकाश दाहाल तीन दिनदेखि सम्पर्कविहीन

झापा। झापाका रंगकर्मी प्रकाश दाहाल तीन दिनदेखि परिवारको सम्पर्कमा छैनन । झापाको दमकमा रहेको कदम थिएटरमा सक्रिय झापा हल्दिवारी –१ गोल्धापका २७ वर्षीय दाहाल गत १९ गते रातिदेखि वेपत्ता भएका हुन् । 

 

कदम थिएटरका रंगकर्मी सिजन दाहालका अनुसार अन्य सहकर्मीहरुसंगै सुतेका दाहाल  १२ बजे राती ‘असहज भयो’ भन्दै कोठाबाट वाहिर निस्किएका थिए। शरीर नांगो थियो। हापपेन्ट मात्रै लाएर निस्किएको सहकर्मीहरुले देखे। आइ हाल्ला नि भन्ने ठाने । तर, निक्कै वेरसम्म नआएपछि भने उनीहहरु चकित भए ।
 

प्रकाश वेपत्ता वारे उनका सहकर्मीहरुले परिवारलाई खवर गरेका थिए । परिवारले प्रहरीलाई खवर गरे। प्रहरीको सहयोगमा खोजी पनि भयो तर, तीनदिन वित्दासम्म प्रकाशको अवस्था अज्ञात छ। उनले मोवाइल, चप्पल कोठा मै छाडेका थिए। ‘छोरोको अवस्था कुन हालमा छ कस्तो छ थाहा छैन’, आमा दिलकुमारीले भनिन,उनको खोजीका लागि इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिइएको छ। प्रहरीले उनको खोजी कार्य तीव्र पारेको जनाएको छ।

 

पारिवारिक स्रोतका अनुसार दाहाल केही समययता दमकको कदम थिएटरमा सक्रिय थिए। उनी थिएटरमै बस्थे। नेपाली चलचित्र पशुपतिप्रसादमा समेत अभिनय गरेका दाहाल झापाका उम्दा रंगकर्मी थिए । उनले लाटीको छोरो लगाएत दर्जनौ नाटकमा अभिनय गरेका छन् । दाहालले रुवा नामको नाटकको निर्देशन पनि गरेका छन् । 

 

केही समयअघि उनले विर्तामोडमा सामुहिक लगानीमा ‘दाह्री भाइको चिया पसल’ समेत संचालन गरेका थिए । तर, कोरोना संक्रमण र त्यसपछिको लकडाउनका कारण पसल बन्द थियो । त्यही कारण उनी तनाव रहेको पारिवारिक स्रोतले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार