• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

निर्देशक सुदर्शन थापाले गरे इन्गेजमेन्ट

काठमाडौं । निर्देशक सुदर्शन थापाले प्रेमिका सुप्रिया कटुवालसँग ईन्गेजमेन्ट गरेका छन् ।

 

आज परेको आफ्नोे जन्मदिनको अवसरमा जीवनको नयाँ यात्रा सुरु गरेको थापाले सामाजिक संजालमा लेखेका छन। सुप्रिया  मोडल तथा समाचार वाचिका हुन्। दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी सुप्रियाले बिर्खेलाई चिन्छस् र साँढे सात नामक चलचित्रमा अभिनय  गरेकी छिन्।


थापा नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक र कुशल कलाकार हुन्। थापा लभ स्टोरी चलचित्र निर्देशनमा राम्रो मानिन्छन । मेरो एउटा साथी छ..प्रेमगीत,म यस्तो गीत गाउँछु... रामकहानी...लगायतका लभ स्टोरी चलचित्र उनले निर्देशन गरेका हुन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार