भदौ २५ देखि कौसी थिएटरमा कथाघेराको नाटक 'हरेक बबाल कुरा' मञ्चन हुँदै
काठमाडौं । बाँच्ने कारण नै नदेख्ने आफ्नी आमालाई आफू सात वर्षको छँदा जीवन बाँच्न लायक बनाउने हरेक बबाल कुराको सुची तयार पार्न थालेको पात्रले सुचीसँग जोडिएका स्मृतिहरूको माध्यमबाट आफ्नो विगतका अनेकौँ अध्यायहरू पल्टाउँछ ।
बाल्यकालको उपज स्वरुप सुरु भएको उक्त सुची तन्किँदै जाँदा र उमेर ढल्किँदै जाँदा आफ्नो जीवनप्रतिको दृष्टिकोण कसरी बद्लिँदै गयो भनेर उसले गर्ने अन्तर्दशन र दर्शकको सक्रिय सहभागितामा पुनर्जीवित गरिँदै गरेको उसको जीवनयात्राको सजीव सङ्ग्रहालय हो नाटक 'हरेक बबाल कुरा' ।
भदौ २५ देखि असोज १ सम्म नाटक 'हरेक बबाल कुरा' कौसी थिएटर टेकुमा मञ्चन हुँदैछ। नाटकलाई आकांक्षा कार्कीले निर्देशन गरेकी छन् भने नाटकको अनुवाद आकांक्षा कार्की र क्षितिज पराजुली गरेका छन् । नाटकमा सुदाम सिकेको एकल प्रस्तुति भएपनि उनी अन्तरक्रियात्मक शैलीमा देखिने छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस