• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

३० भदौबाट कक्षा १२ को परीक्षा सञ्चालन हुने

काठमाडौं । कक्षा १२ को स्थगीत भएको परीक्षा यही भदौ ३० गतेबाट सञ्चालन हुने भएको छ ।

 

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले ३० भदौबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यही ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले बताए ।

 

उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो । बोर्डले परीक्षाको रुटिन समेत प्रकाशित गरेको छ । कोरोना महामारीका कारण कक्षा १२ को परीक्षा दुईपटक स्थगित भईसकेको छ ।  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार