• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
फेशन

कसले जित्ला ‘मिसेस नेपाल ग्ल्याम’ को ताज 

काठमाडौँ । दोस्रो लहरको कोरोनाको कारण प्रभावित भएको सौदर्य प्रतियोगीता ‘मिसेस नेपाल ग्ल्याम २०२१’ को फाइनल स्पर्धा यहि १२ भदौमा आयोजना हुने भएको छ ।

 

आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिहिबार एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगीताको अन्तिम स्पर्धा भदौ १२ गते ललितपुरको बालकुमारी स्थित म्युजिक सिटी हाल आयोजना गर्न लागेको जानकारी दिएको छ ।

 

प्रतिस्पर्धामा यो पटक शान्ति मगर लिम्बु, रमिता यादव, शोभा शाही, रंगा लक्ष्मी फुयाल, अन्जना खड्का, बवि शाह, सुनिता श्रेष्ठ, सरिता श्रेष्ठ, उर्मिला कार्की र कल्याणी सुवाल लगायत एक दर्जन महिला उपाधिका लागि भिड्दैछन् । विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविस्य सुधार्ने उदेश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लिका प्रिती कार्कीले बताइन् ।

 

सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धाका लागि प्रतियोगी तयार रहेको कार्यक्रम संयोजक आकाश गिरीले बताए । कार्यक्रममा कोरोना कारणले रोकिएको ट्यालेन्ट राउण्ड समेत आयोजना हुनेछ । शीर्ष सहित बिभिन्न आधा दर्जन बिजेता छानिने प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरिरहेका छन् । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार