• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

दुर्गा बरालको करोडौंको ‘तमसुक’

०००

 

विख्यात चित्रकार दुर्गा बरालले भनेका थिए– यो चित्रलाई करोड दिएपनि बेच्दिनँ । यो त्यही चित्र हो जसलाई उनले ‘तमसुक’ नाम दिएका छन्। आफ्नो घरमा भेटिएको पुरानो तमसुक देखेपछि प्रभावित भई यो कला बनाएको उनी बताउँछन् । 

 

तमसुकको  कारण गाउँका सोझा–साझा दाजुभाइ ठगिएको कुरालाई चित्रमार्फत् विद्रोह स्वरुप देखाउन चित्र बनाएको उनी बताउँछन्। सेतो र कालो रंगको मात्रै संयोजनमा बनाइएको यो चित्र  आफूले बनाएको मध्ये सबैभन्दा मन पर्ने समेत रहेको उनले बताए ।

 

एकजना ग्राहकले किनिसकेर पनि धेरै वर्षदेखि लिन नआएको तथा मानिसको जीवनको संघर्ष र विद्रोह देखाउन सफल चित्र भएकाले करोडौं रुपैयाँ प्राप्त भएपनि नबेच्ने उनले बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार