• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाउनू : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । 

 

गृहमन्त्री खाँणले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानविन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिएको उनका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए । उनका अनुसार मन्त्री खाँणले गृहसचिवलाई उक्त विषयमा परराष्ट्र मन्त्रालयमार्फत आवश्यक समन्वय गर्न पनि निर्देशन दिएका छन् ।

 

अहिलेसम्म दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा तुइन चुँडिएर स्थानीय ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको जानकारी प्राप्त भएको स्थानीय प्रशासनले जनाइएको छ । स्थानीयले भने तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी तान्दा नदीमा खसेर वेपत्ता भएको आरोप लगाएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार