• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

काठमाडौं । पूर्वयुवराज पारस शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् ।

 

रक्सी खाएर चोकमा हेलमेट नलागाई प्रहरीमाथि अभद्र व्यवहार गरेका पारस बाईक बत्ताइरहेको अवस्थामा शुक्रबार साँझ नारायणगोपाल चोकबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

 

मादक पदार्थ सेवन गरेका उनी प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि जाइलागेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए । प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा पारस भने मेरो बाइक खैँ भन्दै बाइकको सोधपुछ गरिरहेका थिए ।

 

प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग वादविवाद गरेका थिए । त्यसक्रममा चोकमा सवारी जामसमेत भएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार