• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
देश/प्रदेश

विभागीय प्रमुखहरूसंग गृहमन्त्रीको समीक्षा

काठमाडौं । गृह मन्त्रालय मातहतमा रहेका विभिन्न विभागका प्रमुख, सहसचिव तथा सचिवहरुले गृहमन्त्री बालकृष्ण खाँणसँग शुक्रबार हालसम्मको विभागीय कार्य प्रगति, योजना र कार्यान्वयनको प्रगति सम्बन्धमा समीक्षा  पेस गरे।

 

गृह मन्त्रालयको मातहतमा रहेका प्रशासन, सुरक्षा तथा समन्वय, आन्तरिक व्यवस्थापन, कानून, विपत् तथा द्वन्द्व, नीति योजना अनुगमन मूल्यांकन महाशाखा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार व्यवस्थापन विभाग, अध्यागमन विभागका प्रमुख, सचिव, सहसचिवहरूले  समीक्षा पेस गरेका हुन्। 

 

मन्त्री खाँणले समग्र विभाग प्रमुखलाई प्रस्तुतीको लागि धन्यवाद दिँदै मातहतको विभागले सरकारको उपस्थिति जनाउनुपर्ने हुँदा सरकारको उपस्थिति अझ प्रभावकारी बनाउन र विभागहरुको अझै सक्रियता बढाउँदै प्रबिधि र परिवर्तनलाई जिम्मेवारी पूर्ण बहन गर्न पहिलो प्राथमिकताका साथ अगाडि बढ्नेमा विश्वास बढेर गएको बताए।

 

‘यहाँहरूको सक्रियता, उत्सुकता, जिम्मेवारी र दायित्व पूरा गर्नेमा यहाँहरूको सधैं साथमा रहने विश्वास दिलाउँछु,’ उनले भने । उनले कारागारका कैदीहरूलाई भेट्नका लागि कोरोना संक्रमणका कारणले रोकिएको हुँदा भेट्न जाँदा पीसीआर जाँच गराई रिपोर्ट देखाएर भेट्न दिने दिन निर्देशन गरे।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार