• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
देश/प्रदेश

एजिङ नेपालद्वारा पाँचथरको सिद्धपोखरी सेवासदन वृद्धाश्रमलाई खाद्यान्न सहयोग

पाँचथर ।  पाँचथर जिल्लाकोे सिद्धपोखरी सेवासदन वृद्धाश्रमलाई एजिङ नेपालले खाद्य तथा पोषण सहयोग गरेको छ।

 

उक्त सहयोगले वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई तीन महिनालाई पोषण खाना खुवाउन पुग्नेछ । सहयोग ग्रहण गर्दै वृद्धाश्रमका अध्यक्ष राधिका थापाले वृद्धाश्रमले संस्थागत सहयोग पाएको यो नै पहिलो भएको बताइन। 

 

वृद्धाश्रमहरु आर्थिक क्षमतामा कमजोर रहेको पाइन्छ । आफ्नै आयस्रोत नहुँदा धेरैजसो वृद्धाश्रमहरु सहयोग तथा दानदातव्यमा भरपर्नु पर्ने स्थीति रहेको छ । विहान बेलुकाको खाना, खाजा, लत्ताकपडा, औषधी तथा न्युनतम आधारभूत आवश्यक्ता जुटाउन वृद्धाश्रमहरुलाई मुश्किल परिरहेको हुन्छ । उमेर र शारीरीक अवस्था अनुरुपको पोषण ज्येष्ठ नागरिकहरुले पाउन सकिरहेका हुदैनन्, जुन उनीहरुलाई अति जरुरी  हुन्छ ।

 

एजिङ नेपालले वृद्धाश्रम खाद्य तथा पोषण कार्यक्रम विगत एकवर्ष देखि सञ्चालन गर्दे आएको छ। यसै कार्यक्रम अन्तर्गत सिद्ध पोखरी सेवा सदन वृद्धाश्रमलाई सहयोग गरिएको संस्थाका निर्देशक प्रकाश गौतमले बताए।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार