• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

लुम्बिनी प्रदेशमा जसपाका तीन मन्त्री पदमुक्त

काठमाडौं। लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी ९जसपा० का तीन जना सांसद पदमुक्त भएका छन् । सांसदबाट पदमुक्त भएका तीनै जना मन्त्री पनि हुन् ।

 

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचनामा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको उल्लेख गरिएको छ । 

 

पार्टीले पत्र पठाएपछि प्रदेश सभाले उनीहरुको पद खारेज गरेको हो । सांसदबाट पदमुक्त भएका तीनै जना शंकर पोखरेलको नेतृत्वमा बनेको सरकारमा सहभागी हुँदै मन्त्री बनेका थिए । उनीहरु मन्त्री बनेदेखि नै जसपा भित्रको विवाद बाहिर आएको थियो ।

 

जसपाको केन्द्रको विवादको टुंगो नलाग्दै उपेन्द्र यादव पक्षले यी तीन जनालाई कारवाही गरेको थियो । त्यसपछि उनीहरु सर्वोच्च अदालतमा गएर पुनर्बहाली भएका थिए ।

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार