• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

कांग्रेस नेता शाहीले गरे जिल्ला स्वास्थ्य कार्यालय कालिकोटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

कालिकोट । नेपाली काङ्ग्रेसका युवा नेता,२०७० र २०७४ साल का प्रतिनिधि सभा सदस्यका उम्मेदवार भुपेन्द्र जंग शाहीको कर्णालीका दशवटा जिल्लालाई स्वास्थ्य सामाग्री बितरण अभियान अन्तर्गत आज गृह जिल्ला कालिकोटमा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.रत्नवीर सुनारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ।

 

अक्सिजन कन्सटेटर, पीपीई-५० पीस,स्यानीटाइजर -२५ लिटर, गाउन- ३० पीस ,फेसप्याक-५० पीस,पन्जा-१०० पीस,कोभिड किट-५० पीस,फेस चश्मा-१० पीस लगाएतका स्वास्थ्य सामाग्री शाहीले हस्तान्तरण गरेका हुन ।    

 

नेता शाहीको नेतृत्वमा काठमाडौंको नयाँ बसपार्क नजिकै माछापोखरीमा निःशुल्क रुपमा खाना बितरण अभियान समेत संचालन भएको थियो भने उनकै पहलमा मेलम्ची ग्यालथुमलाई ५० बोरा खाद्यान्न र ६० थान जस्तापाता हस्तान्तरण गरिएको थियो ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार