• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

सरकारलाई बढीभन्दा बढी जनमुखी बनाउने दायित्व कांग्रेस र प्रधानमन्त्रीको हो : नेता प्रदीप गिरी

काठमाडौं । सांसद बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता  प्रदीप गिरीले वर्तमान सरकार असफल भए संविधान नै असफल हुने  बताएका छन ।


वर्तमान सरकार असफल भए शेरबहादुर देउवा मात्रै नभइ संविधान नै असफल हुने बताउदैं  गिरीले भने  'सरकारलाई बढीभन्दा बढी जनमुखी बनाउने दायित्व कांग्रेस र प्रधानमन्त्री देउवाको हो ' ।

 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग एमसीसीको प्रसंग उठाउँदै उनले नेपालीहरूलाई विदेशी डलरको मात्र भोक रहेको टिप्पणी समेत गरे ।

 

यस्तै माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि संयुक्त संयन्त्र बनाउनु पर्ने प्रस्ताव गरे ।  

 

विशेष समयमा सांसदहरु कृष्णभक्त पोखरेल,सुरेन्द्र कुमार यादव, प्रेम सुवाल, रंगमती शाही, रेनुका गुरुङ लगायतले धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार